IME Life New

छोराको जन्मदिनमा बिरेन्द्र बुढाको दम्पत्तीले दिए २५ लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। जन्मदिनमा आफ्ना छोरा छोरीलाई नगद पैसा तथा अन्य जिन्सी दिने प्रचलन बढि छ। तर नेपालगञ्जका एक दम्पत्तीले आफ्नो छोराको जन्मदिनमा २५ लाख रुपैयाँको बीमा उपहार दिएका छन्। बिरेन्द्र बुढा र शोभा पाठकले आफ्नो छोरा शुविज्ञ बुढाको जन्मदिन पारेर २५ लाख रुपैयाँको बीमा उपहार दिएका हुन्।

बिरेन्द्र बुढाको दम्पत्तीले युनियन लाइफ इन्स्योरेन्स कम्पनीको बाल साबधिक जीवन बीमाको पोलिसी उपहार दिएका हुन्। यो बीमा पोलिसी बच्चाले भविष्यमा उच्च शिक्षा हाँसिल गर्दा उपयोगी हुने भन्दै उनिहरुले यस्तो उपहार दिएका हुन्।

Esewa
Crest

बच्चालाई जीवन उपयोगी हुने यस्तो कार्य गरेको भन्दै युनियन लाइफका शाखा प्रमुख उत्तम ढकाल, एजेन्सी म्यानेजर अर्जुन शाही र स्टार एजेन्सी म्यानेजर बिमल ढकालले बच्चाको आमा बुबालाई खादा ओढाएर सम्मान गरेका हुन्। कम्पनीले आफ्नो लोगो अंकित केक काटेर सम्मान गरेको छ।

बिमालेख हस्तान्तरण कार्यक्रममा युनियन लाईफका बिमल ढकालले बच्चाको बुवा आमाले गरेको कार्यबाट अरु घरपरिवारहरुले पनि केही सिक्ने बताए। १७ वर्ष अवधिको यस बीमालेखको प्रमुख बीमा शुल्क एक लाख ३५ हजार ५८२ रुपैया रहेको छ। अव यस दम्पत्तीले हरेक वर्ष जन्मदिनको उपहार स्वरुप बीमा शुल्क भुक्तानी गर्ने छन्।

यो बीमा लेख १७ वर्ष पछि परिपक्व हुँदा बीमित शुविज्ञले बीमाङ्क २५ लाख रुपैयाँ र यस अवधिमा आर्जित बोनस एकमुष्ट रुपमा प्राप्त गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS