IME Life New

चौतारी लघुवित्तद्धारा अर्ध वार्षिक समिक्षा गोष्ठि तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

दाङ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ वटा शाखा कार्यालयको अर्ध बार्षिकी समिक्षा गोष्ठि तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संस्थाले दाङ,सल्यान,पूर्वी रुकुम,पश्चिम रुकुम,जाजरकोट र सुर्खेतमा रहेका शाखा कार्यालयको अर्ध बार्षिकी समिक्षा गोष्ठि तथा जोखिम व्यवस्थापन तालिम दाङको तुल्सीपुरमा सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमीरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशि,बित्त तथा सुचना प्रबिधी विभाग प्रमुख ज्ञानिश्वर पन्तको उपस्थिती तथा अनुगमन अधिकृत अधिकृत कौशल खड्काको उद्घोषण गरेका थिए ।

Esewa
Crest

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले लघुवित्त गरिवी निवारणको औजार भएको बिषयलाई प्रष्ट पार्दै सदस्यहरुलाई सिपमुलक तालिम निरन्तर आयोजना गर्दै उद्यमशिलताको बिकासमा जोड दिने गरी समाजिक कल्याण सहितको लघुवित्त अहिलेको आवश्यकता रहेकाले सोही अनुसार कार्यक्रमलाई अगाडी बढाईएको जानकारी दिए ।

नायब कार्यकारी अधिकृत हरिकृष्ण जोेशिले सक्षम र दक्ष कर्मचारीले मात्र सेवाग्राही सदस्यहरुलाई प्रभावकारी रुपले सेवा प्रबाह गर्न सक्ने भएकाले कर्मचारी तथा सेवाग्राही सदस्यहरुलाई निरन्तर तालिम आयोजना गरिने बताए ।

कार्यक्रममा संचालन जोखिम बारेमा वित्त तथा सुचना प्रबिधी विभागका विभागीय प्रमुख ज्ञानिश्वर पन्त तथा लघुउद्यम कर्जा व्यवस्थापन बारेमा अनुगमन अधिकृत कौशल खड्काले तालिम दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS