IME Life New

चुक्ता पूँजी नपुर्याउने कम्पनीलाई सात दिने लिखित स्पष्टिकरण माग गर्दै समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चुक्ता पूँजी समयमा नपुर्याउने बीमा कम्पनीलाई बीमा समितिले सात दिने लिखित स्पष्टिकरण सोधेको छ । पटक पटक दिएको निर्देशन पालना नगरेपछि समितिले निर्जीवन कम्पनीहरुलाई बीमा ऐन २०४९ अनुसार किन कारबाही नगर्ने भन्ने लिखित स्पष्टिकरण पेश गर्न समितिले निर्देशन दिने भएको हो ।

समितिको प्रावधान अनुसार बीमा कम्पनीको निर्जिवन बीमा तर्फ १ अर्ब र जीवन बीमा तर्फ २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुराउनु पर्ने व्यवस्था रहेको छ ।बीमा समितिले ७ वटा निर्जीवन बीमा कम्पनी र ५ वटा जीवन बीमा कम्पनी लाई स्पष्टिकरण सोधेको हो ।

Esewa
Crest

बीमा समितिले असार मसान्तसम्ममा तोकिएको चुक्ता पूँजी पुर्याउने समय दिएको थियो ।गत वर्षदेखि नै एनएफआरएस प्रणाली लागु भएको हुँदा धेरैवटा बीमा कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा गर्न सकेका छैन । एनएफआरएसकै कारण देखाउदै बीमा कम्पनीहरु बसीरहेका थिए ।

असार मसान्तसम्म पूँजी नपुर्याउने निर्जीवन बीमा कम्पनीहरुमा युनाइटेड इन्स्योरेन्स, एनएलजी, पु्रडेन्सियल, लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन्। जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थान रहेका छन् ।

विदेशी लगानीमा जीवन बीमातर्फ मेटलाईफ र निर्जीवन बीमातर्फ ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स सञ्चालनमा रहेका छन् । विदेशी लगानीमा सञ्चालित कुनैपनि कम्पनीको चुक्ता पूँजी उल्लेख गरेका छैनन् ।विदेशी कम्पनीको शाखाको रुपमा रहेका कम्पनीले त्यो अनुसार पूँजी भने त्रैमासिमक प्रतिवेदनमा उल्लेख गरिएको छैन ।

विदेशी कम्पनीको शाखाको रुपमा रहेका कम्पनीले त्यो अनुसार पूँजी पुर्याउनुपर्छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले चुक्ता पूँजी नपुर्याउने कम्पनीलाई कम्पनीको सपष्टिकरणको जवाफ आएपछि नियम अनुसार समिति अघि बढ्ने बताए ।

राष्ट्रिय बीमा संस्थान, लामो समयदेखि लेखापरिक्षण नगरेको राष्ट्रिय बीमा कम्पनी, विदेशी लगानीमा सञ्चालित र निजी लगानीमा खुला भएका बीमा कम्पनी गरि चार प्रकारका कम्पनीहरुलाई फरक फरक निर्देशन दिने निर्णय सोमबार बसेकोे बैठकले गरेको छ । सोमबारको निर्णय अनुसार मंगलबार बीमा कम्पनीहरुलाई स्पष्टिकरण पेश गर्न निर्देशन दिने तयारी गरेका छौं। पौडेलले भने ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको आफ्नै ऐन रहेकोले संसदमा प्रस्तावित बीमा प्राधिकरण ऐन कार्यान्वयनको नहुँदासम्म संस्थानलाई पूँजी वृद्धिको निर्देशन दिन नसक्ने निष्कर्षमा समिति पुगेको छ । ऐन एक वर्षपछि मात्र संस्थान कम्पनीमा रुपान्तरण भएपश्चात मात्र समितिले पूँजी वृद्धिको निर्देशन दिनसक्छ। हाल समितिले संस्थानलाई कुनै निर्देशन जारी नगरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS