IME Life New

चालु खाता घाटामा, शोधान्तर स्थिति बचतमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्क अनुसार समिक्षा अवधिमा चालु खाता घाटा ७१ दशमलव २ प्रतिशतले घटी ७१ अर्ब ६४ करोड रुपैयाँमा कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४९ अर्ब ८ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको एघार महिनामा २ अर्ब २० करोड रुपैयाँ चालु खाता घाटा रहेकोमा समीक्षा अवधिमा ६५ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ५ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर१३ अर्ब ८८ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब८० करोड रुपैयाँ रहेको थियो ।

Esewa
Crest

समीक्षा अवधिमा शोधनान्तर स्थिति १७९ अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षकोएघार महिनासम्ममा ८० करोड ३१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब ५० करोड रुपैयाँले बचतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS