IME Life New

चार महिनामा १९ जीवन बीमा कम्पनीले आर्जन गरे साढे ११ अर्ब प्रथम बीमा शुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चार महिना अर्थात कात्तिक मसान्तसम्ममा साढे ११ अर्ब रुपैयाँ भन्दा बढि प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

Esewa
Crest

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले चार महिनाको अवधिमा ११ अर्ब ६१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् । कोरोना महामारीका विरुद्धमा सरकारले घोषणा गरेको निषेधाज्ञाका बीचमा जीवन बीम कम्पनीहरुले उल्लेख्य व्यापार गर्न सफल भएको तथ्याङ्कले देखाएको छ ।

चार महिनाको अवधिमा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा २ अर्ब ७० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । प्रथम बीमा शुल्कको आधारमा दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब १६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा १ अर्ब १४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, यूनियन लाइफले १ अर्ब ७ करोड रुपैयाँ, एशियन लाइफले ५८ करोड रुपैयाँ, रिलायबल लाइफले ५१ करोड रुपैयाँ, प्राईम लाइफले ४७ करोड रुपैयाँ, सूूर्या लाइफले ४४ करोड रुपैयाँ, सिटिजन लाइफले ४२ करोड रुपैयाँ र राष्ट्रिय बीमा संसथानले ४१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

समितिको तथ्याङ्क अनुसार मेट लाइफले ४० करोड रुपैयाँ, ज्योति लाइफले ३८ करोड रुपैयाँ, आइएमई लाइफले ३५ करोड रुपैयाँ, गुराँस लाइफले ३४ करोड रुपेयाँ, रिलायन्स लाइफले ३२ करोड रुपैयाँ, सानिमा लाइफले ३० करोड रुपैयाँ, सन नेपाल लाइफले २८ करोड रुपैयाँ, प्रभु लाइफले १८ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS