IME Life New

चार महिनामा १९ जीवन बीमा कम्पनीले संकलन गरे २८ अर्ब नविकरण बीमा शुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालका १९ जीवन बीमा कम्पनीहरुले चार महिनाकोे अवधिमा झण्डै २८ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले २७ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

Esewa
Crest

समितिको तथ्याङ्क अनुसार कात्तिक मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सले नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा आठ अर्ब ४७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा चार अर्ब ४९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।

तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले कात्तिक मसान्तसम्ममा चार अर्ब २४ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

समिक्षा अवधिमा नेशनल लाइफले २ अर्ब ४६ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब २३ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब १८ करोड रुपैयाँ, युनियन लाइफले ९५ करोड रुपैयाँ, प्राइम लाइफले ८७ करोड रुपैयाँ, गुराँस लाइफले ८३ करोड रुपैयाँ र सूर्या लाइफले ७० करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, सिटिजन लाइफले ३८ करोड रुपैयाँ, आइएमई लाइफले ३० करोड रुपैयाँ, ज्योति लाइफले २९ करोड रुपैयाँ, रिलायन्स लाइफले २९ करोड रुपैयाँ, सन नेपाल लाइफले २६ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २१ करोड रुपैयाँ, सानिमा लाइफले १७ करोड रुपैयाँ, प्रभु लाइफले १५ करोड रुपैयाँ र महालक्ष्मी लाइफले आठ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS