IME Life New
GBIME

चार कम्पनीको साढे १९ लाख बढी कित्ता शेयर बिक्री गर्दै एनआईसी एसिया बैंक

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले ४ वटा कम्पनीको साढे १९ लाख बढी कित्ता शेयर आज मंसिर ३ गतेबाट बिक्रीमा राखेको छ।

बैंकले आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको १९ लाख ६० हजार ६३० कित्ता शेयर बिक्रीमा राखेको हो। जसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ९ लाख ६५ हजार रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेको छ।

Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता निफ्राको १०१ रुपैयाँ, सूर्यज्योति लाइफको १७८ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको २९७ रुपैयाँ र नागरिक लगानी कोषको ७७९ रुपैयाा तोकिएको छ। लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो शेयरमा योग्य लगानीकर्ताले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा आफूले लिन चाहेको शेयर संख्या खुलाउनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा शाखाहरु काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर १० गतेसम्म रहेको छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS