IME Life New

चाडपर्वमा नविल बैंकमा कारोबार गर्दा अत्यधिक लाभ पाइने, यस्तो छ सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले चाडपर्व योजना अन्तर्गत व्यक्तिगत ,मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा आकर्षक योजना सुरु गरेको छ ।

बैंकले कोरोना भाइरसको महामारीको कारण नेपालीहरूको आर्थिक कठिनाई रहेकाले यस कठिन समयमा सम्भव भएसम्म धेरै ग्राहकलाई खुशी पार्ने उदेश्यले विभिन्न आकर्षक योजनाहरु सार्वजनिक गरेको जनाएको छ।बैंकले जस अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।

Esewa
Crest

त्यस्तै, बैंकले १ वर्ष सम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । २ वर्ष भन्दा माथि र ५ वर्ष सम्म व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ वर्ष भन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

यसका साथै बैंकले ७.४९ प्रतिशत ब्याजदरमा घर कर्जा, ७.९९ प्रतिशत ब्याजदरमा धितो कर्जा र व्यक्तिगत ओभरड्राफ्ट, एक करोड सम्मको साना तथा मझौला कर्जा ७.४९ प्रतिशत तथा एक करोड भन्दा माथिको साना तथा मझौला कर्जा ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएको छ ।

यस योजना अन्तर्गत बैंकले प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नगर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS