IME Life New

चन्द्रागिरी हिल्सको आईपीओ भोलिदेखि खुल्दै, कति कित्ता आवेदन दिदा ठिक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्सले दोस्रो चरणमा सर्वसाधारणका लागि पुस २४ गते (भोलिदेखि १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो।

कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

Esewa
Crest

कम्पनीले बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो। पहिलो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावितका लागि निष्काशन गरिसकेको छ।

दोस्रो चरणमा भने कम्पनीले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १३ हजार ९६० कित्ताका लागि आवेदन दिन पाउनेछन्।कम्पनीले १३ लाख ९६ हजार ०२२ कित्ता साधारण शेयर निष्काशन गरेकोमा १ लाख ३९ हजार ६ सय २ लगानीकर्ताले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन्।

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। लगानीकर्ताहरुले बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन् ।यो आईपीओको निष्कासन बन्द छिटोमा पुस २८ गते र ढिलामा माघ ९ गते बैंकिङ समयपश्चात् हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS