IME Life New

चन्द्रागिरी हिल्सको आइपीओमा १२ गुणा बढीको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको आईपिओमा दोस्रो दिन १२ आइतबार ४ः३० बजेसम्ममा कम्पनीको आईपिओमा ८ लाख ६३ हजार ४ सय ४६ जना आवेदकबाट १ करोड ७० लाख २७ हजार ७ सय ९० कित्ताको लागि आवेदन परेको आईएमइ क्यापिटलले जनाएको छ। यो माग भन्दा १२ दशमलव १९ गुणाले बढी हो ।

कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ बिक्रि खुला गरेको हो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो।

Esewa
Crest

यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ छुट्याइएको छ। आइपीओमा पुस २८ गतेसम्म आवेदन दिन पाइनेछ। ईच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १३ हजार ९६० कित्तासम्म आवेदन भर्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS