IME Life New

घोडिघोडा लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन,मागभन्दा बढी आवेदन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

घोडिघोडा लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असार २० गते देखि प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आइपीओ खुला गरेको हो ।

यसमध्ये ०.५ प्रतिशत (१ हजार ३८० कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (६ हजार ६३० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५ सय ९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

Crest

सोमबार साझँ सम्म २ लाख १३ हजार ८ सय ३७ जनाले ३७ लाख ५१ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन माग भन्दा ३०.१० गुणा बढी हो ।

आइपीओमा माग भन्दा बढी आवेदन परिसकेकाले मंगलबार नै बिक्री बन्द गर्न लागिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

आइपीओबाट जम्मा भएको रकममध्ये ५० लाख रुपैयाँ कृषि क्षेत्र, ३२ लाख ६० हजार रुपैयाँ व्यापार व्यवसाय र ५० लाख रुपैयाँ लघु उद्यम कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ । घोडिघोडाले आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुर्याउने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS