IME Life New

घर किन्नेलाई एनएमबी बैंकको छुटैछुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । एनएमबी बैंकले घर कर्जा सुविधाअन्तर्गत घर किन्नेलाई छुटैछुट दिने नयाँ घर ऋण योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो घर कर्जा सुविधा अन्तर्गत नयाँ एनएमबि ब्लूनिङ्ग एण्ड रिभर्स ब्लूनिङ्ग योजना ल्याएसँगै घर किन्दा ऋण लिन चाहनेले सो बैंकबाट कर्जा लिँदा छुट नै छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

एनएमबि बैंकले अघि सारेको नयाँ योजना अन्तर्गत आफ्नो आवश्यकता अनुसार सम–मासिक किस्ता (इएमआई) बुझाउने विधि चयन गर्न सक्ने सुविधा भएको ऋण योजना ल्याएको हो । ब्लूनिङ्ग सुविधा अन्तर्गत घर कर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनः भुक्तानी गर्नलाई छनौट गर्ने अवसर प्रदान गर्ने बैंकले जनाएको छ । यसअघि साँवा तथा ब्याज दुवै मिलाएर किस्ता तिर्नुपर्नेमा नयाँ व्यवस्था अनुसार ब्याज र आंशिक सावा मात्रै भुक्तानी गरेर पनि घर खरिद गर्न सकिने छ ।

Esewa
Crest

जसअन्तर्गत तिर्नुपर्ने किस्ताको केही अंश सम–मासिक किस्ताबन्दीका दरले तिर्दै जाने र बाँकी हिस्सा वार्षिक रुपमा एकमुष्ठ दरले तिर्न पाउने सुविधा दिइन्छ ।

अर्को, वैकल्पिक रिभर्स बलूनिङ्ग सुविधाले घर कर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनः भुक्तानीमा छनौट गर्ने मौका दिनेछ । ग्राहकको रोजाई र आवश्यकता बमोजिम प्रत्येक ५ देखि १० वर्षको अवधिमा मासिक किस्ता कम गर्दै कर्जा चुक्ता गर्न सकिने हुँदा सो बैंकमार्फत ऋण लिई घर कर्जा लिन चाहनेले अब विभिन्न विकल्पहरु छनौट गरी कर्जा लिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS