काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव १२ अंकले घटेर २,७३४ को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक र सिर्जनसिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मकर जितुमायाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।


















