IME Life New
GBIME

ग्लोबल आइएमई लघुवित्तको आधारभुत सिपमुलक तालिम सम्पन्न

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था शाखा कार्यालय चापाघाट तनहुँले संस्थामा आवद्ध सदस्यहरुलाइ सिप तथा क्षमता अभिबृद्धी गर्ने उद्धेश्यका साथ आधारभुत क्रिष्टल तथा चुरापोते बनाउने सिपमुलक तालिम सफलतापुर्वक सम्पन्न गरेको छ । उक्त तालिम फागुन १ गते देखी फागुन २ गतेसम्म सन्चालन भएको हो ।

उक्त तालिममा विभिन्न वडाहरुका गाउटोलमा बसोबास गर्दै आएका २७ जना महिला दिदीबहीनीहरुको सहभागीता थिए । तनहुँ उधोग बाणीज्य संघ तनहुँको हलमा सन्चालीत उक्त कार्यक्रममा प्रशिक्षक रविना रीजालले महीला दिदीबहीनीहरुलाइ सिप सिकाएका थिए ।

Crest

राष्ट्रियस्तर कार्यक्षेत्र रहेको यस वित्तीय सस्थाले नेपालभरका आफ्ना सदस्यहरुलाइ विभिन्न समयमा विविध किसीमका सीपमुलक तालीम तथा सामाजीक क्षेत्रमा विविध कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ ।

कार्यक्रमका प्रमुख अतिथी व्यास २ का वडा सदस्य सुरेश वाग्ले द्धारा उदघाटन भएको थियो भने सभापतीत्व व्यास १० की वडा सदस्य खीरमाया विक ले गरेकी थिइन् । शाखाका शाखा प्रबन्धक सुशिला विक तथा कर्मचारीहरुद्धारा तालिमको व्यवस्थापन गरेका थिए ।

समापनमा सदस्यहरुले सिकेको सिपलाइ व्यवहारमा लागु गरी आम्दानीका श्रोतहरु बृद्धि गर्न उत्प्रेरीत भइ कार्य गर्न सुझाव दिँदै संस्थाका अनुगमन अधिकृत प्रकाश लामिछाने द्धारा सबै सहभागीहरुलाइ प्रमाणपत्र हस्तान्तरण गरेका थिए । साथै समापनका क्रममा वडा न १० की वडा सदस्य खीरमाया विकले हामी महिलादिदीबहीनीहरु असल मार्गमा अगाडी बढी आफु र आफ्नो परीवार सुन्दर बनाउन फुर्सदका समयमा सिकेका सिपहरुलाइ व्यवहारमा लागु गरी अगाडी बढ्नुपर्ने बताउँदै संस्थालाइ धन्यबाद ज्ञापन गरिन् ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS