IME Life New

ग्लोबल आइएमई बैंकवाट सहुलियतपूर्ण कर्जा वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ग्लोबल आइएमई बैक लिमिटेडले विभिन्न ग्राहकहरुलाई नेपाल सरकारद्वारा अनुदान प्राप्त सहुलियतपूर्ण कर्जाप्रवाह गरीरहेको छ ।

Esewa
Crest

यसै सन्दर्भमा बैंकको त्रिशुली शाखा, नुवाकोटवाटमिति चैत १५ मा एक समारोहका बीच विभिन्न ६ जना भूकम्प पिडित व्यक्तिहरुलाई राष्ट्रियपुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले भूकम्प पिडितहरुको निजी आवास निर्माण कर्जा वितरण गरेको छ ।

सोही समारोहमा बैंकका रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवालले विभिन्न तीन जना ग्राहकहरुलाई कृषि तथा पशुपंक्षी कर्जार महिला उद्यमशिल कर्जा वितरण गरेको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले स्थानीय सरकारको सहयोगमा घर नबनाएका भूकम्प पिडितहरुको घरघरमा गएर समस्याको पहिचान गर्नेर सरकारले अनुदान दिएर घरबनाउन लगाउँदा पनि लाभग्राहीले आनाकानी गरेमा सरकारले विशेष निगरानी राखेर वास्तविकता पत्ता लगाउने बताए ।

उनले घर नबनाएका लाभग्राहीहरुले आर्थिक अवस्थाको कारण घरनबनाएको भए प्राविधिक सहयोग गर्ने र अन्यत्र घर भएर नबनाएको हो भने लाभग्राही सूचिबाट हटाउने पनि बताए ।

ग्लोबल आइएमइ बैंकले भूकम्प पिडितहरुको निम्ति निजी आवास निर्माण कर्जा, व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, महिला उद्यमशिल कर्जा, व्याज अनुदान सहितको अन्य सहुलियतपूर्ण कर्जा दिंदै आएको जानकारी दिँदै कर्जा लिनु मात्र उपलब्धी नभइ सहि ठाउँमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सम्बन्धित ग्राहकहरुलाई बैंकका रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवालले आग्रह गरेका छन् ।

बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२४ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथै १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS