IME Life New

ग्लोबल आइएमई क्यापिटलद्वारा शेयरधनीलाई डिम्याट खाता नविकरण गर्न आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७/७८ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरेको हो ।

तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ । हितग्राहीहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरू तथा र कनेक्ट आइपीएस, इ सेवा, आइएमई पेबाट भुक्तानी गर्न सकिने जनाएको छ ।

Esewa
Crest

मेरो शेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने समेत क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS