IME Life New

ग्रिन भेन्चर्स को आइपिओ पर्यो कि परेन, हेर्नुहोस् यि तीन साइटबाट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रिन भेन्चर्स  लिमिटेडलको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपिओ २ लाख ८७ हजार ५०० जनाले १०/१० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । आइपिओको नतिजा मेरो शेयरको नतिजालक्ष्मी क्यापिटल मार्केर्ट  र मेरो शेयरको वेवसाइटबाट हेर्न सकिनेछ ।

आइतबार विहान भएको बाँडफाँडबाट जम्मा आवेदक मध्ये १८ लाख १९ हजार १६ जनाको हात खाली भएको छ ।

Crest

कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७६ हजार ५०० कित्ता शेयर जारी गरेको थियो । सर्वसाधारण समुह ३१ लाख २५ हजार कित्ता मध्ये कर्मचारीहरुले ९३ हजार ७५० कित्ता प्राप्त गरेका छन् भने सामुहिक लगानीकोष अर्थात म्युचुअल फण्डले एक लाख ५६ हजार २५० कित्ता शेयर प्राप्त गरेका छन् ।

कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्दा २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएका थिए । उनिहरुले २ करोड ४३ लाख कित्ताको लागि आवेदन दिएका थिए । तर ५ हजार १३३ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीको बाँडफाँडको नतिजा धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलको वेवसाइट तथा मेरो शेयरको आइपिओ नजिता हर्ने साइटबाट हेर्न सकिनेछ ।

https://laxmicapital.com.np/IPO_Result.aspx

https://iporesult.cdsc.com.np/

https://meroshare.cdsc.com.np/#/login

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS