काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् । संस्थाको जेठ २ गते बसेको संचालक समितिको बैठकले जेठ ३ गतेदेखि लागू हुनेगरी सिरहा जिल्ला, सिरहा नगरपालिका वडा नं १ निवासी उपाध्यायलाई नियुक्त गरेको कम्पनीले जनाएको छ । उनलाई आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।
1684295651390गुराँस लघुवित्तको सिइओमा उपाध्याय नियुक्त

















