IME Life New

गरिमा विकास बैंकले “हायर पर्चेज”कर्जामा असार महिनाको ब्याज छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकले “हायर पर्चेज” शीर्षक कर्जामा असार महिनाको ब्याज रकम राहत स्वरुप छुट दिने घोषणा गरेको छ। बैंकले यात्रुवाहक सवारी तथा पर्यटक वाहक सवारी साधन खरिदका लागि परियोजनामा सोही सवारीसाधन समेतको धितोमा प्रवाहित “हायर पर्चेज” शीर्षक कर्जामा एक महिनाको ब्याज रकम छुट दिने घोषणा गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको २०७७ बैशाख १६ गतेको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशतका दरले दिइएको छुट बाहेक बैंकले एक सूचना जारी गर्दै उक्त छुट दिने घोषणा गरेको हो। सेवाग्राहीहरुले २०७७ आषाढ मसान्त भित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्ने बैंकले बताएको छ ।

Esewa
Crest

यस कर्जा सुरक्षणको रुपमा सम्बन्धित सवारी साधन समेत धितो राखी विकास बैंकले यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गरेका सेवाग्राही तथा ऋणीहरुलाई कर्जाको ब्याज तथा साँवा भुक्तानीमा असहज परिस्थितिलाई हेरेर बैंकले उक्त छुट दिने घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS