IME Life New

गरिमा विकास बैंकको नयाँ शाखा पोखराको तालचोकमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकले पोखरा महानगरपालिका तालचोकमा स्थापित तालचोक शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले गरेका हुन् ।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रकान्त बरालले पर्यटकीय तथा अन्य व्यावसायिक दृष्टिले सम्भावना बोकेको पोखरामा स्थापित तालचोक शाखाले सर्वसाधारण लगायत साना मझौला तथा ठुला व्यावसायिक क्षेत्रको विकास र विस्तारको लागि आवश्यक पुँजी उपलब्ध गराई उक्त क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताए ।

Esewa
Crest

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले यस विकास बैंकले ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई केन्द्रमा राखेर उत्कृष्ट सेवा प्रवाहमा बैंक सदैव प्रतिवद्ध रहेकै कारण गरिमा विकास बैंक देशकै उत्कृष्ट विकास बैंकको रुपमा स्थापितहुन सफल भएको बताए ।

हालसम्म बैंकले देशभर ९० शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले २०७६ कार्तिक २३ गतेसम्म ३६ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS