IME Life New
GBIME

गरिमा र मुक्तिनाथ विकास बैंकमा को तगडा ? ( तुलनात्मक अध्ययन )

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा र मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययनः

Crest

चुक्तापुँजीका आधारमाः मुक्तिनाथ विकास बैंकको चुक्तापुँजी ७ अर्ब ४ करोड रहेको छ भने गरिमा विकास बैंकको चुक्तापुँजी ५ अर्ब ६८ करोड रहेको छ।

जगेडा कोषका आधारमाः मुक्तिनाथ विकास बैंकको जगेडा कोषमा ३ अर्ब १८ करोड रहेको छ भने गरिमा विकास बैंकको जगेडा कोषमा २ अर्ब ८४ करोड रहेको छ।

रिटेन्ड अर्निङका आधारमाः मुक्तिनाथ विकास बैंकको रिटेन्ड अर्निङमा ६२ करोड ९० लाख रहेको छ भने गरिमा विकास बैंकको रिटेन्ड अर्निङमा ६८ करोड ४४ लाख रहेको छ।

निक्षेप र कर्जाका आधारमाः वित्तीय विवरणका आधारमा मुक्तिनाथ विकास बैंकले १ खर्ब १० अर्ब निक्षेप संकलन गरी ९४ अर्ब ७२ करोड कर्जा प्रवाह गरेको छ भने गरिमा विकास बैंकले ८३ अर्ब २७ करोड निक्षेप संकलन गरी ६८ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ।

खुद ब्याज आम्दानीका आधारमाः मुक्तिनाथ विकास बैंकले १ अर्ब ११ करोड खुद ब्याज आम्दानी गरेकोमा गरिमा विकास बैंकले ९८ करोड ६८ लाख खुद ब्याज आम्दानी गरेको छ।

सञ्चालन नाफाका आधारमाः मुक्तिनाथ विकास बैंकले ४० करोड ३२ लाख सञ्चालन नाफा गरेकोमा गरिमा विकास बैंकले ३२ करोड २३ लाख सञ्चालन नाफा गरेको छ।

खुद मुनाफाका आधारः मुक्तिनाथ विकास बैंकले २८ करोड १८ लाख खुद नाफा गरेकोमा गरिमा विकास बैंकले २२ करोड ५७ लाख खुद नाफा गरेको छ।

वितरणयोग्य नाफाका आधारः मुक्तिनाथ विकास बैंकको ६२ करोड ९० लाख वितरणयोग्य नाफा रहेकोमा गरिमा विकास बैंकको ६८ करोड ४४ लाख वितरणयोग्य नाफा गरेको छ।

किताबी मूल्यका आधारमाः मुक्तिनाथ विकास बैंकको किताबी मूल्य १५४.१० रुपैयाँ छ भने गरिमा विकास बैंकको किताबी मूल्य १६२.०७ रुपैयाँ छ।

वार्षिक प्रतिशेयर आम्दानीका आधारमाः मुक्तिनाथ विकास बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६.०० रुपैयाँ छ भने गरिमा विकास बैंकको वार्षिक प्रतिशेयर आम्दानी १५.९० रुपैयाँ छ।

खराब कर्जाका अधारमाः मुक्तिनाथ विकास बैंकको खराब कर्जा ३.१६ प्रतिशत हुँदा गरिमा विकास बैंकको खराब कर्जा ३.८२ प्रतिशत छ।

नोटः उपलब्ध तथ्यांकका आधारमा गरिएको विश्लेषण पूर्ण होइन। थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोबार प्रयोजनका लागि होइन।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS