IME Life New

गत आवको नविकरण बीमा शुल्क ५७ अर्बमाथि, १२ महिनामा कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आवको असार मसान्तसम्ममा ५७ अर्ब भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार १२ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ५७ अर्ब ९७ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

समितिको तथ्याङ्क अनुसार असार मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सले नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा १८ अर्ब ४ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ ।

Esewa
Crest

त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ११ अर्ब १५ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ । नेशनल लाइफले असार मसान्तसम्ममा ६ अर्ब ५६ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

समिक्षा अवधिमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ६ अर्ब १३ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब ९२ करोड रुपैयाँ, मेट लाइफले २ अर्ब ८५ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब ८८ करोड रुपैयाँ, युनियन लाइफले १ अर्ब ७९ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ५४ करोड रुपैयाँ र गुराँस लाइफले १ अर्ब ३७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, ज्योति लाइफले ६४ करोड रुपैयाँ, सिटिजन लाइफले ६० करोड रुपैयाँ, आइएमई लाइफले ५५ करोड रुपैयाँ, सन नेपाल लाइफले ४८ करोड रुपैयाँ, रिलायन्स लाइफले ४७ करोड रुपैयाँँ, रिलायबल लाइफले ४० करोड रुपैयाँ, प्रभु लाइफले २८ करोड रुपैयाँ, सानिमा लाइफले २७ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ५ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS