IME Life New

कोरोना बीमा: १८ अर्बको जोखिम बहन गर्दा १० करोड ६८ लाख बीमाशुल्क संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । करिब दुई लाख जनाले कोरोना बीमा गरेका छन्। आज साँझसम्ममा कुल १ लाख ९७ हजार ७ सय १ जनाले १५ हजार ६ सय ८३ बीमालेख मार्फत्  १० करोड ६८ लाख ३० हजार ८ सय ५५ रुपैंया बीमाशुल्क शंकलन गरेको छ ।

आइतबार मात्रै १ हजार ६६ बीमालेखमार्फत् ८ हजार ७ सय ९५ जनाले कोरोना बीमा गर्दा ४९ लाख ८२ हजार रुपैंया बीमा शुल्क संकलन भएको जनाइएको छ ।

Esewa
Crest

हिजो १ सय २६ बीमालेख मार्फत् १ हजार २ सय ३९ जनाले बीमा गर्दा ७ लाख ३९ हजार प्रिमियम संकलन भएको थियो । शुक्रबार भने एकैदिन १९ हजारले बीमा गर्दा १ करोड २ लाख रुपैंया प्रिमियम संकलन भएको थियो ।

करिब १८ अर्बको जोखिम बहन
१ लाख ९७ हजार ७ सय १ जनाले १५ हजार ६ सय ८३ बीमालेख मार्फत् १० करोड ६८ लाख ३० हजार ८ सय ५५ रुपैंया बीमाशुल्क शंकलन गर्दा बीमा पुलले १७ अर्ब ८० करोड ५४ लाख ९८ हजार रुपैंया  बीमाङ्क रकम बराबरको जोखिम बहन गरेको छ।  उक्त रकम मध्य २० प्रतिशतले हुने तीन अर्ब ५६ करोड १० लाख ९९ हजार रकम बराबरको जोखिम बहन नेपाल पुनर्बीमा कम्पनीको भागमा पर्दछ भने बाँकी रकम २० वटा निर्जिबन बीमा कम्पनीहरुले ४-४ प्रतिशतका दरले जोखिम बहन गर्दा एउटा कम्पनीको भागमा ७१ करोड २२ लाख रुपैंया पर्दछ ।

चुक्ता पूँजी भन्दा बढी रकमको जोखिम बहन 
नयाँ निर्जिबन बीमा कम्पनि मध्य अजोड, जनरल र सानिमा जनरल इन्स्योरेन्सको चुक्ता पूँजी हाल ७० करोड रुपैंया रहेको छ। आज सम्मको कोरोना बीमाको तथ्याङ्क अनुसारनै एउटा कम्पनीको भागमा ७१ करोड २२ लाख रुपैंया बराबरको जोखिम बहन गरेका छन्  ।

बीमाशुल्क, बीमित र बीमालेखमा शिखर इन्स्योरेन्स अगाडी 
२० वटा निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी बीमाशुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । शिखरले ४ हजार १ सय ४ बीमालेखबाट ३८ हजार २ सय ५४ जनाको कोरोना बीमा गर्दा दुई करोड नौ लाख तीन हजार सात सय रुपैंया   बीमाशुल्क संकलन गरेको छ भने दोस्रोमा सिद्धार्थ इन्स्योरेन्सले एक हजार चौबिस बीमलेखबाट सोह्र हजार एक जनाको कोरोना बीमा गर्दा ९४ लाख ५३ हजार बीमाशुल्क शंकलन गरेको छ।

बीमाशुल्क, बीमित र बीमालेखमा राष्ट्रिय बीमा कम्पनी पछाडी  
२० वटा निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले १९ बीमालेखबाट ३ हजार जनाको कोरोना बीमा गर्दा १६ लाख रुपैंया बीमाशुल्क संकलन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS