IME Life New

कोरोना बीमा विरुद्धमा परेको रिटले प्राथमिकता पाएन, अर्को पटक सुनुवाई हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमा मापदण्ड २०७७ कानुन सम्मत नभएको भन्दै दायर भएको रिटलाई सर्वोच्च अदालतले न्यून प्राथमिकता दिएको पाइएको छ । न्यायाधिश हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा हेर्न नभ्याइएका कारण अर्को पेशीका लागि सरेको हो ।
पहिलो नम्वरमा रहेको काठमाडौंको लगनस्थित पुरातत्व सम्बन्धी मुद्दामा लामो बहस भएका कारण दोस्रो नम्वरदेखि तलका सबै मुद्दाहरु आज हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ ।

रिट दायरकर्ता भाइ राजा राईका अनुसार अब असोज १८ गतेपछि मात्रै उक्त रिटमाथि छलफल हुनेछ । यद्यपि आज अर्को तारेख नपाएको अधिवक्ता राईले बताए ।

Esewa
Crest

सर्वोच्च अदालतको आदेशमा भाइराजा राई र दावा तामाङले दायर गरेको रिटमा माग गरिए बमोजिम अन्तरिक आदेश जारी गर्ने सम्बन्धमा छलफलका लागि आज बोलाएको थियो । सोही मुद्दामा अर्थमन्त्रालय र बीमा समितिले १५ दिनभित्र लखित जवाफ पेश गरेपछि बहस हुने भएको छ ।

*अपडेट गरिएको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS