IME Life New

कोरोना बीमाको दाबी भुक्तानी सुस्त, ३८ हजारले दाबी पाउन सकेनन्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ गर्न थालेका छन्। कम्पनीहरुले ६० हजार १८१ जनाको कागजपत्र चेक जाच गरिसकेता पनि अझै ३१ हजार ४४१ ले मात्रै दाबी भुक्तानी पाएका छन्। साथै १० हजार जनाको कागजपत्र चेक जाचकै प्रकृयाँमा रहेको छ। दाबी भुक्तानीका लागि निवेदन दिने मध्ये अझै ३८ हजार जनाले दाबी भुक्तानी पाउन सकेका छैनन्।

बीमा समितिका अनुसार १६ हजार २९० जनाको कागजपत्र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा चेक जाचका लागि पढाइएको छ। मन्त्रालयले दाबी भुक्तानी नरोक्न बीमा समिति तथा बीमा कम्पनीलाई निर्देशन दिए पनि अझै पनि कम्पनीहरुले दाबी भुक्तानीमा आलटाल गरिरहेका छन्।

Esewa
Crest

अहिलेसम्म कोरोना बीमाको दाबी भुक्तानी तीन अर्ब ६ करोड रुपैयाँको मात्रै भएको छ। तीन अर्ब ५० करोड रुपैयाँ भन्दा माथिको दाबी भुक्तानी नेपाल सरकारको दायित्व अन्तर्गत पर्छ। कम्पनीहरुको दायित्व अन्तर्गतको भुक्तानी भन्दा माथि नाघिसकेको भए पनि कम्पनीहरुले ढिला सुस्ती गर्न गरिरहेका छन्। ५० प्रतिशत भन्दा धेरैको दाबी भुक्तानी भैसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए। बाँकी दाबी पनि विस्तारै हुँदै जाने उनले बताए।

पौडेलले दाबी भुक्तानी भैरहेको जानकारी दिए पनि अझै ३८ हजार भन्दा धेरैले दाबी भुक्तानी पाउन सकिरहेका छैनन्। दाबी भुक्तानी बीमा पुल मार्फत हुने भएकाले यसमा सबैभन्दा धेरै जिम्मेवार बीमा समिति रहन्छ। दाबी भुक्तानीका लागि निवेदन दिएको महिनौ वितिसक्दा पनि दाबी भुक्तानी नपाउदा बीमितहरुले हैरानी बेहोरिरहेका छन्।

नेपालमा कोरोनाको महामारी नफैलिदै बीमा समितिले यस महामारीको बीमा पोलिसी गरेको थियो। समितिले माइक्रोपोलिसीको रुपमा जारी गरे पनि नसोचिएको हिसावले बिक्री भयो। कम्पनी तथा समितिले यस पोलिसीलाई रोक्न खोजे पनि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा पनि पेश गरिसकिएको भन्दै पोलिसी बन्द नगर्न निर्देशन दिएका थिए। उनैले दिएको उक्त निर्देशनको दायित्व नेपाल सरकारको काधमा आइपरेको छ। बीमा कम्पनीहरुले तिहाल्छन् भनेर उनले दिएको निर्देशनले सरकारलाई पनि अर्बौ रुपैयाँको दायित्व पर्ने भएको हो।

पुल मार्फत साढे तीन अर्ब भुक्तानी भए पनि बाँकी रकम नेपाल सरकार आफैले भुक्तानी गर्नु पर्छ। त्यसैले गर्दा अहिलेको तथ्याङ्क अनुसार ३८ हजार भन्दा धेरैको दाबी भुक्तानी गर्न बाँकी छ। अझै दाबी पर्ने क्रम जारी छ। यसले गर्दा ५ अर्ब भन्दा माथिको भुक्तानी गर्नु पर्ने प्रारम्भिक अनुमान गरिएको छ। कम्तिमा पनि ५ अर्ब भुक्तानी हुँदा पनि सरकरले डेड अर्ब भन्दा धेरै भुक्तानी गर्नु पर्छ। अहिलेसम्मको भुक्तानी आफ्नै दायित्व पर्ने हुँदा तर बीमा कम्पनीले भुक्तानी गरेका छन् भने भोलिका दिनेमा हुने दाबी भुक्तानी सरकाले गर्नु पर्छ। त्यसैले आगामी दिनमा दाबी भुक्तानीको अनुपात बढ्ने अनुमान गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS