IME Life New

कोरोनाले बीमा क्षेत्रमा ठूलो असर गर्दैन, अत्तालिनु पर्दैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चिरायु भण्डारी, नेपाल पुनर्बीमा कम्पनीका पूर्व सिईओ तथा महाप्रबन्धक, प्राईम लाईफ इन्स्योरेन्स

प्राणघातक कोरोना भाइरसका कारण विश्वभर आतंक मच्चिइरहेको छ । अमेरिकाले युरोप लगायतका कैयौं देशहरुबाट आफ्नो देशमा हवाई सम्पर्क बिच्छेद गरेको छ भने भारत पनि भिषा दिन बन्द गरेर नियमनको पाटोमा अघि बढिरहेका छन् । नेपालमा कोरोनाको खासै ठूलो प्रभाव नपरेपनि अन्तराष्ट्रिय प्रभावको कारण नेपाली अर्थतन्त्रमा कस्तो असर पर्ला आम चासो र बहसको विषय बनेको छ ।

यसैसन्दर्भमा नेपाली बीमा क्षेत्र पनि कोरोनाबाट अछुतो छैन । नेपाली बीमा क्षेत्रमा कोरोनाको ठूलो असर पर्छ होला भन्ने कोणबाट चर्चा र बहसहरु भइरहेको सुनिन्छ । बीमा क्षेत्रमा त्यसले पार्ने असरको सुक्ष्म विश्लेषण गर्दा जोखिमको दृष्टिबाट भन्दा आम्दानीको दृष्टिबाट बढि पर्ने देखिन्छ । अन्तराष्ट्रिय क्षेत्रका बीमा कम्पनीहरुलाई प्रत्यक्ष असर परेपनि नेपाल जस्तो अल्पविकसित मुलुकमा रहेका बीमा कम्पनीहरुमा ठूलो जोखिम हुने देखिदैन ।

Esewa
Crest

जीवन बीमा कम्पनीहरुले लिएको मृत्यु बीमा दावी भुक्तानी गर्नैपर्ने हुन्छ । त्यसको लागि नेपाली जीवन बीमा कम्पनीहरुसँग खर्बौ रुपैयाँको कोष स्थापना भइसकेको छ । यस्तै अवस्थाका लागि ति कोषहरु स्थापना गरिएका हुन् । नेपालमा आईनसकेको, एक जनामा देखिए पनि उनी निको भएर घर फर्किसकेको अवस्थामा कोरोना (कोभिड–१९) भाइरसबाट के के होला ? कसो होला ? भनेर जनता आतंकित हुनुपर्ने अवस्था छैन । त्यस्तै नेपाली बीमा क्षेत्र पनि अत्तालिनुपर्ने अवस्था छैन ।

रोगको महामारीबाट निर्जिवन बीमा कम्पनीहरुले गर्ने ट्राभल इन्स्योरेन्स, स्वास्थ्य बीमा र आम्दानीमा आधारित परियोजना बीमामा बढि क्षति हुन्छ । कोरोनाको सम्पूर्ण उपचार खर्च सरकारले नै व्यहोर्दै आएकोले ट्राभल इन्स्योरेन्स तथा स्वास्थ्य बीमामा ठूलो चाप पर्ने छैन । यद्यपि अन्तराष्ट्रिय कम्पनीलाई कोरोना परिक्षणसम्मको शुल्क व्यहोर्न बीमा कम्पनीहरुलाई विभिन्न देशहरुले निर्देशन दिएको पाइन्छ । अमेरिकी उपराष्ट्रपति तथा कोरोना उपचारको नेतृत्व गरिरहेका माइक पेन्सले कोरोनाको परिक्षण लगायतको उपचार खर्च ओबामा केयरबाट व्यहोरिने जनाइसकेका छन् । चीनमा पनि कोरोना बिरामीको उपचार खर्च चीन सरकारले नै व्यहोरेको छ । त्यस्तै, नेपाल सरकारले केही पहिले चीनबाट साढे दुई सयभन्दा बढि मानिसको उद्धार गर्यो त्यसको खर्च सरकारले नै व्यहोरेको छ । यति ठूलो महामारी घोषणा गरिसकेपछि उपचार तथा राहतमा देशहरुले ठूलो रकम खर्च गर्नेछन् ।

नेपाली बीमा कम्पनीहरुले केही सीमित क्षेत्रमा मात्रै आम्दानीमा आधारित जोखिम बहन गरेका छन् । जस्तो हाईड्रो पावर कम्पनीहरुका आम्दानीमा कोरोना रोगले असर नगर्ने हुँदा त्यसको थप भार नेपाली बीमा कम्पनीहरुमा पर्ने देखिदैन । समग्रमा जोखिमको दृष्टिकोणबाट ठूलो जोखिम कोरोनाले पार्छ जस्तै लाग्दैन । तर, चेन इफेक्ट त देशमा पर्ने नै भयो । आम मानिसको आम्दानीमा गिरावट आएपछि मानिसले खानेकुरा पहिला कि बीमा ? भन्ने अवस्था आयो भने पक्कै पनि बीमा त गर्दैनन् । अर्थात बीमाको व्यापार केही न्यून हुनसक्छ । बीमा क्षेत्र बैंकिङ क्षेत्र भन्दाबढि सुरक्षित, बढिभन्दा बढि जोखिम मूल्याङ्कन गरेर सुरक्षित बनाइएको हुन्छ । त्यसैले कुनै पनि बीमा कम्पनी वा कम्पनीमा कार्यरत कर्मचारीहरु आत्तिनु, डराउनुपर्ने अवस्था छैन । आफ्नो स्वास्थ्यको ख्याल गर्दै बीमा क्षेत्रमा निरन्तर सक्रिय हुन सक्नुहुन्छ । त्यस्तै जीवन बीमा क्षेत्रमा पनि नडराई ढुक्क भएर बीमा गर्दा फरक पर्दैन । किनभने महामारीमा सबै मर्छन भन्ने हुँदैन, मरेका सबैको बीमा गरिएको पनि हुँदैन । लाखौं मानिसलाई दावी भुक्तानी दिन पुग्ने साढे दुई खर्बभन्दा बढि रकम जीवन बीमा कोषमा जम्मा गरिसकेको अवस्थामा नेपालीको जीवन बीमा कम्पनीहरु सबै सुरक्षित छन् । (कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS