IME Life New

कोरोनाको खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीबाट बैठकको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी, मुख्यसचिव डा. शंकरदास मैनालीबीचको बैठक बोलाएका हुन् । बैठकमा तत्कालै नेपालमा खोप ल्याउने र त्यसका लागि खरिद प्रक्रिया यथाशिघ्र टुंगोमा पुर्याउने विषयमा छलफल भएको थियो ।

सरकारले भारतमा निर्मित खोपलाई प्राथमिकतामा राखेको छ भने अन्य देशमा निर्मित खोपलाई पनि विकल्पमा राखेको छ । सरकारले खोप ल्याउनका लागि यसअघि नै परराष्ट्र मन्त्रालयलाई समन्वयको जिम्मेवारी दिइसकेको छ । सरकारले पहिलो चरणमा २१ लाख र दोस्रो चरणमा ३ लाख ७० हजार डोज कोरोनाविरुद्वको खोप लगाइसकेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS