IME Life New

कोरोनाका कारण लेखापढी व्यवसायीको महाधिवेशन स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । कोरोना भाइरसका कारण नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको आठौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ ।लेखापढी व्यवसायीले चैत १४–१६ गते बुटबलमा महाधिवेशन हुने तय गरिएको थियो । तर कोरोना भाइरसको प्रभावका कारण अर्को सूचना जारी नभएसम्मका लागि महाधिवेशन स्थगित गरिएको हो ।

कोरोना भाइरसका कारण देशको अवस्था अनुकूल नभएकोले महाधिवेशन स्थगित गर्नु परेको केन्द्रीय अध्यक्ष सीताराम दाहालले जानकारी गराए । कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगिन सरकारले देशभर सभा, सम्मेलन, भेला, जमघट, भोजभतेर नगर्न/नगराउन आह्वान गरेकोले पनि एसोसिएसनको महाधिवेशन स्थगित गरिएको हो ।

Esewa
Crest

‘सम्भावित महामारीबाट देशबासीलाई सुरक्षित राख्न सरकारद्वारा चालिएको कदममा सहयोग पु¥याउनु सम्पूर्ण जिम्मेवार नागरिक एवं संघ–संस्थाको कर्तव्य हुन्छ’ अध्यक्ष दाहालले भने, ‘यसै विषयलाई मध्यनगर गर्दै यस नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको मिति २०७६ चैत १४ देखि १६ गते रुपन्देही जिल्लाको बुटबलमा आयोजना तय गरिएको आठौँ राष्ट्रिय महाधिवेशन कार्यक्रम हाललाई स्थगित गरिएको छ ।’

देशको अवस्था अनुकूल भएपछि यथासम्भव चाँडो महाधिवेशन सम्पन्न गरिने पनि उनले जानकारी दिए । महाधिवेशनको मिति स्थगित भए पनि इकाई, जिल्ला लगायत सबै समितिहरुको नियमित बैठक, प्रतिनिधि छनौट, सहयोग संकलन, प्रचारप्रसार, प्रतिनिधिहरुको नामावली केन्द्रीय कार्यालयमा प्रेषित गर्ने/गराउने कार्य, सहभागिता शुल्क लगायतका रकम पठाउने र बुझ्ने कार्य, केन्द्रीय समिति र महाधिवेशन सह–आयोजकले गर्नु पर्ने तयारी सम्बन्धी अन्य आन्तरिक कामहरुमा भने यथावत रुपमा सूचारु राख्न पनि अध्यक्षले सबै समितिहरु र सदस्यहरुलाई अनुरोध गरेका छन् ।

अध्यक्ष दाहालले उक्त रोगको प्रकोपबाट हुन सक्ने महामारीबाट आफू, आफ्नो परिवार, समाज र देशबासीलाई सुरक्षित राख्न आवश्यक उपायहरु अवलम्बन गर्न र सो सम्बन्धी विषयमा सचेतना अपनाउन समेत सबैमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS