IME Life New

कोभिड–१९ रोकथाम कोषमा सिद्धार्थ बैंकको साझेदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस विरुद्ध सिंगो विश्व नै लडिरहेको छ । यस रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारका साथै सम्पूर्ण नागरिकहरुको उत्तिकै महत्वपूर्ण भूमिक रहन्छ । महामारी रोकथाम तथा नियन्त्रण अभियानमा साथ दिन सिद्धार्थ बैंकले पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा लिएको छ ।

यसै परिप्रेक्षमा कोरोना रोकथामका निमित्त आवश्यक पर्ने नमूना परीक्षण किट एवं अन्य स्वास्थ्य उपकरणहरुको प्रवन्ध गर्नमा सघाउ पु-याउने उद्देश्यले नेपाल सरकारले स्थापना गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” को समन्वयमा सरकारी अस्पतालहरुमा खर्च गर्ने प्रयोजनको लागि कान्तिपुरसंगको सहकार्यमा यस बैंक समेतको साझेदारीमा “कान्तिपुर कोभिड–१९ रोकथाम कोष”को स्थापना गरिएको छ । उक्त कोषमा सिद्धार्थ बैंकले रु १५ लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।

Esewa
Crest

उक्त कोषमा जो सुकै व्यक्ति तथा संस्थाले पनि सहयोग गर्न सक्नु हुनेछ सो को लागि यस बैंकको खाता नं. ००१०००००००१ मा रकम जम्मा गर्न सकिनेछ ।

त्यसैगरी यस महामारीको संक्रमणको जोखिम कम गर्नका लागि नोटको सट्टा बैंकका विभिन्न कार्डहरु, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिंङ्गजस्ता डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ सो को लागि बैंकले यस्ता डिजिटल भुक्तानी सेवाहरु निःशुल्क उपलव्ध हुने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS