IME Life New

के तपाईलाई थाहा छ, नेपालमै हुन्छ नी एक्चुरी साइन्सको पढाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा व्यवसायका महत्वपूर्ण कार्यहरु जस्तैःबीमालेख तयार पार्न, बीमा शुल्क निर्धारण गर्न, बीमा दाबी पर्न सक्ने संख्याको पूर्वानुमान, कम्पनीको सम्पत्ति तथा दायित्वको अवस्थाको मूल्याङ्कन, बीमितलाई प्रदान गर्नुपर्ने बोनस दर निर्धारण गर्न एक्चुरी आवश्यक पर्दछ । बीमांकीय मुल्यांकन जीवन बीमा कम्पनीहरुको लागि अपरिहार्य रहेको छ, भने निर्जिबन बीमामा समेत यो आवश्यक पर्दछ ।

बीमांकी बीमा कम्पनी, बीमा समितिलाई मात्रै आवश्यक पर्दैन । बीमा कम्पनी, बीमा समितिबाहेक राष्ट्र बैंक, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, सञ्चयकोष, नागरिक लगानिकोष जस्तामा बीमांकीको आवश्यकता पर्दछ ।
जीवन बीमा कम्पनीले तयार पारेको बार्षिक वित्तीय विवरण बीमांकीले मूल्यांकन गर्नुपर्छ । त्यसैगरी बीमांकी द्धारा नै नयाँ बीमालेख निर्माण गर्नुपर्छ । तर, नेपालमा एउटा पनि बीमांकी नभएपछि नेपाली बीमा कम्पनीहरु भारतीय बीमांकीको भर पर्दै आएका छन् ।

Esewa
Crest

एक्चुरी विश्वमै अति सम्मानित र राम्रो कमाई हुने पेशा हो । सर्टिफाई एक्चुरीको आम्दानी औसत अन्य पेशाको तुलनामा आकर्षित नै रहेको हुन्छ ।

तर पनि नेपालमा एक्चुरिको अभाव रहँदा बीमा कम्पनीको एक्चुरी उत्पादनमा भारतीय एक्चुरिको भर पर्नु पर्ने बाध्यता रहँदै आएको छ । जसले गर्दा नेपालका बीमा कम्पनीको एक्चुरी उत्पादन सम्बन्धी काम दशक अघिदेखि भारतका एक्चुरिहरुले गर्दै आएका छन् । ‘एक्चुरि साइन्स’ सम्भाव्यता र गणितसँग सम्बन्धित विषय हो ।

तर पछिल्लो समय नेपालमा नै ‘एक्चुरि साइन्स’को अध्यापन हुन थालेको छ । विश्वमै अति माग भएको यो कोर्षको अध्यापन त्रिभुवन विश्वविद्यालयको गणित विज्ञान स्कूल बल्खुमा भइरहेको छ ।

बीमांकीय विज्ञान विषय नेपालमै पढाई हुन्छ
त्रिभुवन विश्व विद्यालयले नेपाल मै पहिलो पटक वि.स. २०७३ साल असोज महिना देखि बीमांकीय विषय अध्यापन गराउँदै आएको छ । स्कुल अफ म्याथम्याटिकल साईन्स नामक संस्थामा बीमांकी विषय पठनपाठन हुने गरेको छ । ४ वर्षसम्म पढाई हुने यो कोर्समा ८ वटा सेमेष्टर रहेका हुन्छन् । बीमांकी बाहेक क्यापिटल मार्केट, बैंकिङ, जनरल इन्स्योरेन्सको पढाई हुन्छ । ४ वर्षे यस कोर्समा पाँच वटा विषय पढाई हुन्छ । एक्चुरी मात्रै नभएर इन्स्योरेन्स कम्पनीको अरु डिपार्टमेन्टमा पनि काम गर्न सक्ने उद्देश्यले यी विषयहरु पठनपाठन गराईन्छ ।

जुनसुकै विषयमा दशजोड दुई पढेको हुनुपर्ने, तर १ सय नम्बरको गणित पढेको हुन भने जरुरी छ ।
प्लसटूको रिजल्ट आएपछि कान्तिपुर र गोरखापत्रमा भर्नाका लागि आह्वान गरिन्छ । प्रवेश परीक्षामा उत्तीर्णलाई मेरिट लिष्टका आधारमा ३६ जनाको भर्ना सिट क्षमता रहेको हुन्छ । प्रवेश परीक्षामा गणितबाट ५० नम्बर, अंग्रेजीबाट २५ र आइक्यूबाट २५ नम्बरसहित १ सय नम्बरको पूर्णाङ्क रहेको हुन्छ ।

कुलकोटाको १० प्रतिशत छात्रवृत्ति समेत प्रदान दिइन्छ । प्रवेश परीक्षामा सर्वोच्च अंक ल्याउने १ जना विद्यार्थीलाई निःशुल्क भर्ना गरिन्छ भने बाँकी ३ जनालाई सामुदायिक वा सरकारी स्कुलमा पढेकालाई विशेष प्राथमिकताका आधारमा छात्रवृत्ति प्रदान गरिन्छ ।

यो विषय पढ्नका लागि ४ लाख रुपैयाँ लाग्ने छ । यस अघि ३ लाख ७० हजार शुल्क कायम गरिएको थियो भने यस वर्ष देखि चाहिँ ४ लाख लाग्ने भएको छ । एउटा सेमेष्टर बराबर ५० हजार लाग्ने छ । शुल्कचाहिँ समेष्टर पिच्छै बुझाउनु पर्ने हुन्छ।
सुरुका २ वर्षमा गणित, तथ्याङ्कशास्त्र र कम्प्युटरमा केन्द्रित गर्दै बाँकी २ वर्षमा स्पेसलाइजेसन गर्ने गरिन्छ । सातौं सेमेष्टरमा ७५ पूर्णाङ्कको प्रोजेक्ट वर्क र अन्तिम आठौं सेमेष्टरमा इन्टर्नका लागि विभिन्न इन्स्योरेन्स कम्पनी, बीमा समिति, बैंकतिर लगिन्छ ।

आन्तरिक रुपमा नम्बर प्रदान गरिँदा एसेसमेन्टमा १६, हाजिरीमा २, प्रस्तुतीकरणमा ५, गृहकार्यमा ५ र अनुशासनमा २ नम्बर बाँडफाँड गरिएको हुन्छ । भारतको मुम्बईमा रहेको बिरला इन्स्योरेन्स कम्पनीसँग एमओयु गरेको स्कुलले त्यहाँ इन्टर्नको समेत व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS