IME Life New

कृषि विकास बैंक ह्याक काण्डमा शाखाकै कर्मचारीको संलग्नता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंक लुट प्रकरणमा शाखाकै कर्मचारीको संलग्नता फेला परेपछि प्रहरीले कृषि विकास बैंक लहान शाखाका एक कर्मचारीलाई हिरासतमा लिएको छ ।

Esewa
Crest

महानगरीय अपराध महाशाखाको टोलीले आईतबार कृषि विकास बैंक, लहान शाखाका अधिकृत सुनिल कुमार झालाई पक्राउ गरेको हो । रकम ट्रान्सफर गर्न शाखाकै डिभाईस प्रयोग गरेको तथ्यको आधारमा प्रहरीले ति कर्मचारीलाई प्रकाउ गरेको हो । सो घटनामा बैंकका अन्य कर्मचारी शाखा प्रमुख लगायतको संलग्नता खुल्न बाकी छ।

ह्याकरले सुनिल कुमार झाको कम्प्युटर प्रयोग गरी गोप्य विवरणहरु प्रयोग गरेको पत्ता लागेपछि उनलाई पक्राउ गरिएको महानगरिय अपराध महाशाखाले जनाएको छ ।कृषि विकास बैंक ह्याक गरी ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ लुटिएको थियो । लाहान शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम ह्याकरले लुटेको प्रारम्भिक अनुमान गरिएको थियो । यो सँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS