IME Life New

कृषि विकास बैंक घोटाला काण्डका आठजना विरुद्ध मुद्धा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं न्यूरोडस्थित कृषि विकास बैंकका दीपिका रेग्मीसहित आठजनाविरुद्ध सरकारी रकम हिनामिना गरेको अभियोगमा आज बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।

आयोगले बैंकको कर्मचारी रेग्मीबिरुद्ध चार करोड २४ लाख १३ हजार ६११ बराबरको हानि–नोक्सानी गरेको अभियोगमा मृद्धा दायर गरेको हो । साथै आयोगले बैकका तत्कालीन शाखा प्रबन्धक पे्रमहरि ढुङ्गेलविरुद्ध पनि समान बिगो दाबी मुद्धा दायर गरेको छ ।

Esewa
Crest

यसैगरी बैंकका ऋण शाखा प्रमुख गोपाल गिरीविरुद्ध दुई करोड ६१ लाख १९ हजार ४१५ रुपैयाँ, तत्कालीन ऋण अधिकृत सलिल रेग्मी विरुद्ध एक करोड १० लाख ३३ हजार १९६ रुपैयाँ, ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा विरुद्ध ७६ लाख २१ हजार रुपैयाँ, तारानाथ पाण्डे विरुद्ध चार लाख रुपैयाँ बराबरको बिगो माग गर्दै मुद्धा दायर गरिएको छ।

त्यस्तै, अवकाश प्राप्त सहायक रथी रमेशनाथ विष्टविरुद्ध चार करोड २४ लाख १३ हजार ६११ रुपैयाँ, दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानीविरुद्ध दुई करोड ६७ लाख ७५ हजार ४३५ रुपैयाँ बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS