IME Life New

कृषि विकास बैंकद्धारा कर्जा लगानी गर्ने सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंक, ग्रामीण प्रविधि केन्द्र र सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ विच ग्रामीण विद्युत उपभोक्ता समितिमा आवद्ध महिलाहरुको आयस्तर वृद्धिका लागि मझौला तथा साना परियोजनारव्यवसायमा कर्जा लगानी गर्ने सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठ र सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले उक्त सम्झौता पत्रमा संयूक्त रुपमा हस्ताक्षर गरे ।

Esewa
Crest

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले यस प्रकारको सम्झौताले दुरदराजमा रहेका साना तथा मझौला व्यवसाय गर्ने महिलाको आयस्तर वृद्धि भई निजहरुको शसक्तीकरण हुनुका साथै वित्तिय साक्षरता बढाउन तथा बैंकमा उनीहरुको पहुंच वृद्धि गर्न बैंकको कर्जा कोशेढुंगा सावित हुने अपेक्षा राखे ।

ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठले वित्तिय सहयोगको अभावमा आफ्नो व्यवसाय विस्तार गर्न नसकिरहेका सानारमझौला महिला व्यवसायीहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न बैंकले प्रदान गर्ने कर्जाले ठुलो सहयोग पुग्ने आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS