IME Life New

कृषि बीमामा आकर्षण बढ्दै, बीमांक रकम ५८ प्रतिशतले वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कृषि बीमामा किसानहरुको आकर्षण बढ्दै गएको देखिन्छ । सरकारले कृषि बीमा अन्तर्गत किसानहरुलाई ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । पछिल्लो समय बीमा समितिको तथ्याङक हेर्ने हो भने कृषि बीमामा बीमितहरुको आकर्षण बढ्दै गएको देखिन्छ । बीमा समितिको तथ्याङक अनुसार आर्थिक बर्ष साउनदेखि बैशाख मसान्तसम्ममा बीमांक रकममा ५८ प्रतिशत , बीमाशूल्क आर्जनमा ६५ प्रतिशत र कृषि अनुदानमा ६५ प्रतिशत वृद्धि आएको देखिन्छ ।



Source : Beema samiti

Esewa
Crest

बीमांक रकममा ५८ प्रतिशतले वृद्धि
आर्थिक बर्षकोे श्रावण देखि बैशाखमसान्तसम्ममा बीमा समितिको तथ्याङक अनुसार कृषि बीमा अन्तर्गत १६ अर्ब २८ करोड ७७ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ । कम्पनीले गत बर्ष सोही अवधीमा १० अर्ब २८ करोड ८४ लाख बीमाशूल्क आर्जन गरेको थियो । गत बर्ष आधारमा हेर्ने हो भने कृषि बीमामा ५ अर्ब ९९ करोड २ लाखले बीमांक रकम बढेको छ , भने बीमांक रकममा ५८ प्रतिशतले वृद्धि आएको छ ।

बीमाशूल्क आर्जनमा ६५ प्रतिशतले वृद्धि
आर्थिक बर्षकोे श्रावण देखि बैशाख मसान्तसम्मको तथ्याङक अनुसार कृषि बीमा अन्तगर्त बीमा कम्पनीहरुले ७३ करोड १ लाख रुपैयाँ बराबरको बीमाशूल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक बर्षको सोही अवधीमा ४४ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शूल्क आर्जन गरेको थियो । बीमा समितिको तथ्याङक अनुसार २८ करोड ८२ लाख रुपैयाँ बराबरको बीमाशूल्क वृद्धि भएको देखिन्छ, भने कम्पनीको बीमाशूल्क आर्जन ६५ प्रतिशतले वृद्धि आएको छ ।
कृषि अनुदानमा ६५ प्रतिशतले वृद्धि
आर्थिक बर्षकोे श्रावण देखि बैशाख मसान्तसम्मको तथ्याङक अनुसार ५४ करोड ७५ लाख रुपैयाँ अनुदानमा खर्चेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १३ लाख १५ हजार रुपैयाँ बराबरको कृषि बीमा अन्तर्गत बीमा अनुदान खर्चेको थियो । गत बर्षको आधारमा हेर्ने हो भने कृषि बीमा अन्गर्तको अनुदानमा ६५ प्रतिशतले वृद्धि आएको छ ।

कृषि बीमामा बजेट विनियोजन बढ्दै
कृषि बिमा कार्यक्रम सञ्चालन गरिएको पहिलो आव २०७०/७१ मा भने सरकारले १३ करोड रुपैयाँ विनियोजन गरेको थियो । दोस्रो बर्ष आव २०७१/७२ मा भने सरकारले जम्मा ६ करोड रकम विनियोजन गरेको थियो । उक्त बर्ष भने कृषि बिमा व्यापक रुपले बढ्यो । विनियोजित रकम अपुग भए पछि सरकारले ५ करोड रुपैयाँ थप गरेको थियो । त्यस्तै, आव २०७२/७३ को लागि सरकारले १२ करोड विनियोजन गरेको थियो । आर्थिक बर्ष २०७२/७३ पनि रकम अपुग भएपछि सरकारले ६ करोड रुपैयाँ थप गरेको थियो ।

बीमामा बीमीतहरुलाई जति समेट्न सक्नुपर्ने हो, त्यति समेट्न नसकेको विज्ञहरु बताँउछन् । कृषि बीमामा नोक्सानीहरूको क्षतिपूर्ति पाउन कृषि बीमा गर्न जरुरी छ । नेपाली कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरणको विकास गर्न यस क्षेत्रमा व्याप्त जोखिम व्यवस्थापन गर्नु अपरिहार्य देखिन्छ । किसानहरु बर्षिनै खेतीपातीबाट हुने जोखिमको भार आफै उठाउँदै आईरहेको छ । मनसुनमा आधारित खेती हुने भएको कारण किसानहरुले सोचेको जस्तो प्रतिफल हासिल गर्न सकिरहेको अवस्था देखिदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS