IME Life New

कुमारी बैंकद्धारा बाढी पीडित समुदायलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रका बाढी र पहिरोले प्रभावित जन समुदायलाई सहयोग गरेको छ । बैंकले सहयोग स्वरुप पीडित समुदायका लागि ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिलाहरू तथा शिशुहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीका साथै अत्यावश्यक औषधीहरू प्रदान गरेको जनाएको छ ।

उक्त राहत सामाग्री कुमारी बैंक मेलम्ची शाखाका शाखा प्रमुख बिनोद भक्त श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याललाई हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

विपतमा आत्मबललाई उच्च राखी विपतसंग सामना गर्नु पर्ने अवस्था रहेको र विपतमा गरिने सानो सहयोगले पनि पीडितजनलाई ठूलो राहत हुने भएकोले बैंकले सहयोग उपलब्ध गराएको जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण तथा सम्पदा लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS