IME Life New

कुमारी बैंकको साढे ४ लाख कित्ता शेयर बिक्रीमा, सस्तैमा उठाउने मौका

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकको साढे ४ लाख कित्ता शेयर आज वैशाख ३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ४ लाख ५० हजार कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Crest

लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १० हजार कित्ता र अधिकतममा १ हजार अंकको गुणानमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन वैशाख ११ गतेसम्म पेस गर्न सकिनेछ।

लगानीकर्ताले काठमाडौंको नक्साल नागपोखरीस्थित कुमारी क्यापिटलमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS