IME Life New

कुमारी बैंकको विषेश साधारण सभा जेठ ३१ गते, यस्ता छन् एजेन्डा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

कुमारी बैंकले जेठ ३१ गते शुक्रबार विशेष साधारण सभा गर्ने भएको छ । जेठ ११ गते बसेको बैंक संचालक समितिको बैठकबाट यसअघि स्थगित संचालक निर्वाचन सम्पन्न गर्नका लागि जेठ ३१ गते विषेश साधारण सभा गर्ने भएको हो ।

सभा गर्न बैंकले जेठ २० गते सोमबार बुक क्लोज गर्दैछ । जेठ २३ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने भएका छन् । सभा अमृतभोग क्याटर्स डिल्लीबजार, काठमाडौंमा अपराह्न १२ः३० बजे हुनेछ ।

Crest

बैंकले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सेयरधनीको निर्वाचन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्नेछ । सभाले संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २–२ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

बैंकले यसअघि वैशाख २६ गते २ आर्थिक वर्षको वार्षिक साधारण सभा गरी कुल २१ दशमलव २५ प्रतिशत बोनस प्रस्ताव पारित गरेको थियो । उक्त सभाबाट लगानीकर्तालाई आव २०७३।७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत र आव २०७४।७५ को नाफाबाट ८ दशमलव ५० प्रतिशतका दरले बोनस दिने प्रस्ताव अनुमोदन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS