IME Life New

किसान सहकारीले सञ्चालनमा ल्यायो “मिस्डकल” बैंकिङ सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । किसान बहुउद्देश्यीय सहकारी संस्थाले मिस्डकल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । सदस्यहरुलाई प्रविधीमैत्री सुबिधा प्रदान गर्न तथा समय सापेक्ष सुबिधा दिने अभिप्रायले सञ्चालनमा ल्याईएको “मिस्डकल बैंकिङ” सेवा बिहिबार एक औपचारीक कार्यक्रमका बिच सुरुवात गरिएको छ ।

“पुग्नेछ सबैलाई टेवा, प्रयोग गरौं मिस्डकल बैंकिङ सेवा” भन्ने नाराका साथ सञ्चालनमा आएको मिस्डकल बैंकिङ सेवा बिशेष गरि मोबाईल बैंकिङ प्रयोग गर्न असमर्थ लघुवित्ततर्फ आवद्ध सदस्यहरुले प्रयोग गर्न सक्नेछन । यस सेवाको लागी संस्थाले नेपाल टेलिकमको २ वटा मोबाईल सिमकार्ड प्रयोगमा ल्याएको छ । प्रयोग हुने सिमकार्डको नं हरु ९८६४७५९०६५ र ९८६४७५९०६४ रहको छ , जस अन्तर्गत ९८६४७५९०६५ को सिमकार्डमा मिसकल गर्दा सदस्यहरुले आफनो खाताहरुको बारेमा जानकारी लिन सक्नेछन भने ९८६४७५९०६४ नं को सिमकार्डमा मिस्डकल गर्दा सदस्यले दर्ता गरेको मोबाईलमा रु. ५० को रिचार्ज गर्न सक्नेछन ।

Esewa
Crest

संस्थाले यस अघि नै एटीएम सेवाको सुरुवात गरिसकेको छ । गतबर्ष देखि सञ्चालनमा आएको मोबाईल बैंकिङ सेवामा समेत थप सुधार गरिएको छ । नेपालकै प्रतिष्ठीत कम्पनी एफ १ स्फट ले तयार पारेको किसान एम बैंकिङ नामक नया“ मोबाईल बैकिङ एप्स मार्फत सदस्यहरुले आफनो खाताबाट अन्य जुनसुकै बैंक तथा वित्तीय संस्थाहरुको खातामा रकम ट्रान्सफर आगामी बैठकमा जम्मा गर्नुपर्ने रकम बारे जानकारी, खाता बारे जानकारी, विभिन्न प्रकारको बिल भुक्तानी लगायतको विभिन्न सेवाहरु लिन सकिने उपयोगमा ल्याईएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS