IME Life New

किलर लुक र एड्भान्स फिचरका साथ लन्च भयो नयाँ क्लासिक ३५०, मूल्य कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रोयल इन्फिल्डले अन्ततः लामो समयपछि आफ्नो सबैभन्दा बढी बिक्री हुने मोडल क्लासिक ३५० लाई ठूलो अपडेट गरेको छ। कम्पनीले आधिकारिक रुपमा आफ्नो नयाँ क्लासिक ३५० घरेलु बजारमा बिक्रीका लागि सार्वजनिक गरेको हो।

आकर्षक लुक्स र शक्तिशाली इन्जिनले सुसज्जित यस बाइकमा कम्पनीले नयाँ ग्राफिक्स, कलर र उन्नत सुविधाहरु समावेश गरेको छ। जसले यसलाई अघिल्लो मोडलको तुलनामा उत्कृष्ट बनाएको छ। नयाँ क्लासिक ३५० को प्रारम्भिक मूल्य भारु १ लाख ९९ हजार ५०० र शीर्ष मोडलको मूल्य भारु २ लाख ३० हजार (एक्स–शोरुम ) तोकिएको छ।

Crest

नयाँ क्लासिक ३५० पाँच नयाँ भेरियन्टमा बिक्रीको लागि उपलब्ध छ। जसमा हेरिटेज, हेरिटेज प्रिमियम, सिग्नल, डार्क र एमराल्ड समावेश छन्। यो बाइक कुल ७ रङमा उपलब्ध छ। यसको मतलब ग्राहकले धेरै फरक रङ विकल्पहरुबाट छनोट गर्ने मौका पाउनेछन्। हेरिटेज प्रिमियम मेडेलियन ब्रोन्ज कलर विकल्पमा उपलब्ध हुनेछ। जब कि सिग्नल भेरियन्ट कमान्डो स्यान्डमा उपलब्ध हुनेछ।

डार्क भेरियन्ट गन ग्रे (कपर हाइलाइटसहित ग्रे र ब्ल्याकको डुअल टोन स्किम) र स्टेल्थ ब्ल्याक (ब्ल्याक स्किममा कालो) कलर विकल्पहरुमा आउनेछ। यसबाहेक, टप–स्पेक मोडेल इमराल्डमा क्रोम र कपर पिनस्ट्राइपको साथ रिगल ग्रीन कलरको विकल्प हुनेछ।

रोयल इन्फिल्डले यो बाइकको इन्जिन मेकानिजममा कुनै परिवर्तन गरेको छैन। पहिले जस्तै यो बाइकमा ३४९ सीसी क्षमताको सिंगल सिलिन्डर ‘जे’ सिरिज इन्जिन रहेको छ। यो इन्जिनले २०.२ एचपी पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ। यो इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ। कम्पनीले आफ्ना केही भेरियन्टमा एलोय ह्विल र ट्युबलेस टायर उपलब्ध गराएको छ। जसले यसको रेट्रो लुकमा अलिकति आधुनिक टच दिन्छ।

क्लासिक ३५० को लुक र डिजाइन धेरै हदसम्म उस्तै रहन्छ। कम्पनीले आफ्नो रेट्रो लुक कायम राखेको छ। ठूला मडगार्ड, मेटल फ्युल ट्यांकी र ती वरपर चल्ने रेट्रो लाइनहरुले यसलाई विशेष बनाउँछ। तर, अब यसमा एलईडी लाइटिङ समावेश गरिएको छ। जुन ग्राहकले हेडलाइट, टेल–लाइट, इन्डिकेटर र पाइलट लाइटमा देख्न सक्नेछन्। यसका साथै स्मार्टफोन चार्ज गर्नका लागि गियर पोजिसन इन्डिकेटर र युएसबी सी–टाइप चार्जिङ पोर्ट पनि उपलब्ध गराइएको छ।

रोयल एनफिल्ड क्लासिक ३५०को डार्क र इमराल्ड भेरियन्टहरुले मानक फिटमेन्टका रुपमा एडजस्टेबल लिभर र एलईडी विंकरसहितको ट्रिपर पोड पाउँछन्। ट्विन डाउनट्युब स्पिन फ्रेममा आधारित यस बाइकको अगाडि ४१ एमएमको टेलिस्कोपिक सस्पेन्सन र पछाडि ग्यास चार्ज गरिएको शक अब्जर्भर सस्पेन्सन रहेको छ। तल्लो भेरियन्टमा सिंगल डिस्क र ड्रम ब्रेकको संयोजन उपलब्ध छ। जब कि उच्च भेरियन्टमा डुअल च्यानल एन्टी–लक ब्रेकिङ सिस्टम (एबीएस) प्रदान गरिएको छ।

अघिल्लो मोडलको तुलनामा नयाँ क्लासिक ३५० मा फरक एउटै छ कि यो बाइक अब सिंगल च्यानल एबीएसमा नआउने र रियर ड्रम ब्रेक भएका भेरियन्टहरु अब बन्द गरिएका छन्। कम्पनीले यो बाइकको भेरियन्टको नाम पनि परिवर्तन गरेको छ। अघिल्लो मोडलको तुलनामा बाइकको मूल्यमा केही वृद्धि भएको छ। अघिल्लो मोडलको प्रारम्भिक मूल्य भारु १.९३ लाख थियो। यसको मतलब अहिले बेस मोडल करिब भारु ६ हजार ५०० महँगो भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS