IME Life New

कार्तिक मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे १२ अर्ब ५८ करोड बीमा शुल्क (सूचिसहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कार्तिक मसान्तसम्ममा २० निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ५८ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुले कार्तिक महिनामा मात्रै २ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले कार्तिक मसान्तसम्ममा १ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Crest

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब २० करोड १६ लाख रुपैयाँ रहेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ५ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ९० करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले ८३ करोड ३५ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ७७ करोड ७८ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ५८ करोड ८९ लाख , यूनाइटेडले ५८ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
त्यस्तै, आइएमई जनरलले ५२ करोड ९ लाख,प्रभु इन्स्योरेन्सले ५१ करोड ४३ लाख,अजोड इन्स्योरेन्सले ५१ करोड ४१ लाख,राष्ट्रिय बीमा कम्पनीले ४८ करोड ६८ लाख रुपैयाँ, ओरियण्टल इन्योरेन्सले ४७ करोड ६२ लाख रुपैयाँ,लुम्बिनी जनरलले ४७ करोड६ लाख,नेपाल इन्स्योरेन्सले ४६ करोड ६१ लाख, प्रुडेन्यिसल इन्स्योरेन्सले ४३ करोड ४५ लाख,एभरेष्ट इन्स्योरेन्सले ४२ करोड,नेशनल इन्स्योरेन्सले ३३ करोड, जनरल इन्स्योरेन्सले ३२ करोड र सानिमा जनरलले २८ कराड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS