IME Life New

कामना सेवाले अटो तथा होटल व्यवसायीलाई ब्याजमा बिशेष छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले कोरोना भाइरसका कारण यातायात क्षेत्र, पर्यटन तथा होटेल व्यवसाय सबैभन्दा बढी प्रभावित भएको निष्कर्ष निकाल्दै ब्याजमा छुट दिने भएको छ । बैंकले उक्त क्षेत्रअन्तर्गत व्यवसाय विस्तारका लागि कर्जा लिई कारोबार गर्दै आएका ग्राहकलाई ब्याजमा छुट दिने निर्णय गरेको हो ।

यस योजना अन्तर्गत बैंकले यस्ता कर्जा लिएका ग्राहकले असार मसान्तसम्मको बक्यौता रकम २०७७ साल साउन मसान्तसम्म भुक्तानी गरेका ग्राहकलाई साउन महिनाको ब्याज रकममा ५० प्रतिशत छुट दिएको बैंकले जनाएको छ ।बैंकले होटेल, रेष्टुरेष्ट व्यवसाय अन्तर्गत ग्राहकलाई साउन महिनाको ब्याजमा ७० प्रतिशतसम्म ब्याज छुट दिइसकेको जनाएको छ ।

Esewa
Crest

यस समयावधि आफ्नो बक्यौता रकम भुक्तान गर्न नसकेका ऋणीलाई समेत यो योजनामा सहभागी गराउने उद्देश्य राखी त्यस्ता बाँकी ग्राहकले साउन महिनाको तिर्नुपर्ने रकम चुक्ता भुक्तान गरेमा समेत यो योजनाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

साथै, बैंकले व्यावसायिक प्रयोजनका लागि हायर पर्चेज कर्जा लिएका ग्राहकले हालसम्मको सम्पूर्ण बक्यौता रकम भुक्तान गरेमा यस त्रयमासको ब्याजदर ९ दशमलव ९९ प्रतिशत कायम गरिने योजना ल्याएको बैंकले जनाएको छ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS