IME Life New

कामना सेवाको २१औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा इलाम जिल्लाको रोङ गा.पा. वडा नं. ०६को सलकपुरमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

रोङ गा.पा. वडा नं. ०६ सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोन (प्रो. याम प्रसादअधिकारी)लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०६ का वडा सदस्य धिरज राईले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा वडा नं. ०६का अन्य जनप्रतिनिधिहरु, व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्यक र्मचारीहरुको उपस्थिती रहेको थियो ।

Crest

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंक प्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS