IME Life New
GBIME

काठमाडौं महानगरपालिकामा पनि स्वास्थ्य बीमा सुरु

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकामा पनि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ।

काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच बुधबार स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न समझदारी भएको हो। समझदारीपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्।

Crest

सहमतिपत्रमा स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गरिने उल्लेख छ।

यो कार्यक्रमअन्तर्गत बीमा गरेकाहरुले ५ जनाको परिवारमा १ वर्षमा १ लाख रुपैयाँबराबरको निःशुल्क उपचार सेवा प्राप्त हुन्छ। उक्त रकम बीमा बोर्डले महानगरपालिकाअन्तर्गत रहेको प्रवर्द्धन केन्द्रलाई शोध भर्ना गर्नेछ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS