IME Life New

कहिलेसम्म कायम शेयरधनीले बलेफी हाइड्रोपावरको हकप्रद भर्न पाउँछन् ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बलेफी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

हकप्रद शेयर जारी गर्न कम्पनीले यही कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य हुनेछन्।

Crest

नेपाल धितोपत्र बोर्डले गत कात्तिक ४ गते बलेफी हाइड्रोपावरलाई हकप्रद शेयर जारी गर्ने अनुमति दिएको थियो। धितोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीले कुल १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता शेयर कम्पनीले जारी गर्नेछ।

बलेफी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS