IME Life New

कसरी तय गरिन्छ शेयर धितो कर्जाको सीमा ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा पाइन्छ। अन्य धितोभन्दा शेयर निकै तरल सम्पत्ति हो। यसलाई जुनसुकै बेला पनि बेचेर कर्जा तिर्न सकिन्छ।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाका लागि केही नियामकीय व्यवस्थाा गरेको छ। सोही व्यवस्थाबमोजिम बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा राखेर कर्जा दिने गरेका छन्।

Crest

धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको शेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिक प्रकृतिको कर्जाका लागि सुरक्षणबापत राखिने शेयरको नेपाल स्टक एक्सचेन्जबाट प्रकाशित पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र शेयर धितो कर्जाको सीमा कायम गर्न सकिन्छ।

शेयरको बजार मूल्यमा हुने परिवर्तनका कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा थप धितोका लागि ऋणी ग्राहकलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सूची गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताबाहेकका हकमा यस्तो कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ (कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाबाट कुल) कायम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS