IME Life New

कर्मचारी, सर्भेयर र वर्कसप मालिकाको मिलेमतोमा युनाइटेड इन्डिया इन्स्योरेन्सको साढे ३ करोड झ्वाम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको युनाइटेड इन्डिया इन्स्योरेन्समा फर्जी बीमा दाबी पेस गरेर साढे ३ करोड भारतीय रुपैयाँ झ्वाम पारेको घटना सार्वजनिक भएको छ।

कम्पनीकै कर्मचारी, सर्भेयर, वर्कसप मालिकालगायतको मिलेमतोमा गाडी बीमाको थुप्रै फर्जी दाबी पेस गरेर ३ करोड ५३ लाख भारु झ्वाम पारेको घटना सार्वजनिक भएको हो। यो घटनामा संलग्न ३ जनालाई शनिबार केलाखेडा क्षेत्रबाट पक्राउ गरिएको एसएसपी मणिकान्त मिश्राले जानकारी दिए।

Crest

कम्पनीका वरिष्ठ शाखा प्रबन्धक अमीश कुमार श्रीवास्तवले फर्जी दाबीका बारेमा प्रहरीलाई ८ जुलाई २०२३ मा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले यो घटनाको अनुसन्धान थालेको थियो।

उजुरीमा कम्पनीका पूर्ववरिष्ठ प्रबन्धक अश्वनी सक्सेना र उपशाखा प्रबन्धक हेमन्त जंगपांगीले सर्भेयर र वर्कसपका मालिकासँग मिलेर गाडीहरुको फर्जी दाबी पेस गरेर करोडौँ रकम घोटाला गरेको आरोप लगाइएको थियो। यो घोटालाले कम्पनीलाई ३ करोड ५३ लाख रुपैयाँ नोक्सानी भएको उजुरीमा दाबी गरिएको थियो।

गाडीको फर्जी सर्भे गर्ने सिभिल लाइन थाना सुनगढीका रञ्जित सिंह, रुद्रपुर ट्रान्जिटका राम अवध र थाना आईटी काशीपुरका गजेन्द्रबाबु दीक्षितलाई प्रहरीले पक्राउ गरेको छ। अन्य आरोपीलाई छिट्टै पक्राउ गरिने एसएसपी मिश्राले बताए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दु :खी

75%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS