IME Life New

कर्पाेरेट इभेण्ट राेज्दा सानिमा समूहकाे चारतारे हाेटल अकामाले कमायाे रु‍. १७ कराेड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। गैर आवासीय नेपालीले प्रवर्द्धन गरेकाे सानिमा समूहकाे लगानी रहेकाे चार तारे हाेटल अकामा हाेटलले एक वर्षकाे अवधिमा १७ कराेड ६० लाख रूपैयाँ बराबरकाे काराेबार गरेकाे छ।  रेटिङ एजेन्सी केयर रेटिङ्गसका अनुसार गत आर्थिक वर्ष २०७९।८० अपरिष्कृत वित्तीय विवरण अनुसार हाेटलले काराेबार रकममा ७०‍.६ प्रतिशतले वृद्धि हासिल गर्दै १० कराेडबाट १७ कराेड ६० लाख रूपैयाँ काराेबार पुर्‍याएकाे हाे ।

अघिल्लाे आव २०७८।७९ मा जम्मा १० कराेड रुपैयाँ बराबरकाे काराेबार गरेकाे थियाे । रेटिङ्गसका अनुसार आव २०७७।७८ मा २ कराेड रुपैयाँकाे काराेबार गरेकाे याे हाेटलले एक २०७८।७९ मा एकै पटक पाँच गुणाले काराेबार बढाउँदै १० कराेड रुपैयाँ पुर्‍याउन सफल भएकाे थियाे ।

Esewa
Crest

हाेटलले पछिल्लाे समयमा धार्मिक रितिरिवाज अन्तर्गतकाे बिहे, ब्रतबन्ध, पास्नीका साथै संस्थागत समाराेहलगायतका इभेण्ट वेष्ड विजनेशलाई प्राथमिकतामा राखेकाे छ। यस्ता कार्यक्रमहरूबाट एक साथ ठूलाे संख्यामा पाहुना आउने भएकाले हाेटललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सहयाेग पुग्छ। हाेटलकाे कूल काराेबारमा यस्ताे इभेण्टसले ६१ प्रतिशत हिस्सा ओगटेकाे छ। यसैगरी काेठामा बस्ने पाहुनाबाट प्राप्त आम्दानीले कूल काराेबारमा ३६ प्रतिशत हिस्सा ओगटेकाे छ।हाेटलकाे अकुपेन्सी(काेठा बिक्री हुने दर) अघिल्लाे आवकाे ११ प्रतिशतबाट सुधार भएर गत आवमा ३० प्रतिशतमा उक्लिएकाे छ। काराेबारमा सुधारसँगै ब्याज, बहाल  ह्रास कट्टी र कर अघिकाे मुनाफा दर पनि याे अवधिमा १०‍.३३ प्रतिशतबाट उक्लिएर ३९.५३ प्रतिशत पुगेकाे छ।

हाेटल सञ्चालनका लागी १ अर्ब ३४ कराेड बै‌ंक ऋणका लागी गरेकाे क्रेडिट रेटिङमध्ये १ अर्ब २९ कराेड ५० लाख रुपैयाँकाे दीर्घकालीन कर्जाकाे लागी केयर एनपि बिबि माइनस रेटिङ पाएकाे छ। यसैगरी ४ कराेड ५० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागी केयर एनपि एफाे रेटिङ पाएकाे छ।

उच्च ब्याज खर्चका कारण हाेटलले लगातार नाेक्सानी व्यहाेर्दै आएपनि काराेबार सुधारसँगै नाेक्सानीकाे आकार खुम्चिन थालेकाे देखिन्छ। बढ्दाे ब्याज खर्चले नाेक्सानी थपिए पछि प्रवर्द्धकले थप पूँजी लगानी गर्दै चुक्ता पूँजी ५० कराेडबाट ९३ कराेड रुपैयाँ पुर्याएका छन् । चक्रपथकाे धुम्बाराहीमा अवस्थित याे हाेटलमा कुल १०८ वटा सुविधा सम्पन्न शयन कक्ष रहेकाे याे हाेटलले चाँडै नै सर्वसाधारणमा शेयर निष्काशन गर्ने तयारी गरेकाे छ।

हाेटलकाे व्यवस्थापन नेपालकाे चार तारे र पाँच तारे स्तरका हाेटलहरूमा तीन दशकभन्दा लामाे अनुभव स‌ंगालेका भरत राज जाेशीले सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS