IME Life New

करिब पौने २ लाख कित्ता शेयर बेच्दै सांग्रिला डेभलपमेन्ट बैंक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको करिब पौने २ लाख कित्ता शेयर आज पुस ४ गतेबाट बिक्रीमा राखिएको छ।

बैंकको १ लाख ७१ हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

Crest

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS