IME Life New

कम्पनीहरूलाई नवीनतम प्रविधि र दूरगामी सोचका साथ अगाडि बढ्न अध्यक्ष सिलवालको निर्देशन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि बीमा कम्पनीहरू नवीनतम् प्रविधि र दूरगामी सोचका साथ सकारात्मक रूपले अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आयोजित नववर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष सिलवालले भने, “बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि प्राधिकरणको मात्र नभई बीमा कम्पनीहरू लगायत सम्बद्ध सबैको साझा प्रयास हुनुपर्छ, बीमा कम्पनीहरू बीमाप्रतिको विश्वास बढ्नेगरी जिम्मेवारीबोधका साथ अगाडि बढ्नुपर्छ, आम नागरिकमा बीमाको पहुँच पु¥याउने एकमात्र लक्ष्यका साथ काम गर्नुपर्छ ।”

बीमा क्षेत्रमा प्राप्त उपलब्धीहरूलाई दीगो बनाउने गरी स्वच्छ प्रतिस्पर्धाका साथ बीमा कम्पनीहरू अघि बढ्नुपर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरूले बीमाका फाइदाका बारेमा आम जनतालाई बुझाउन सक्नुप-यो, पूँजीको सही परिचालन गर्नुप¥यो, सर्वसाधारणले बुझ्ने गरी बीमालेख ल्याउनुप-यो, शाखा तथा उपशाखा कार्यालयहरूलाई अधिकार प्रत्यायोजन गर्नुप-यो, बजार अनुसन्धानमा लगानी गर्नुप-यो, नागरिकले खोजेको परिवर्तन अनुसार अगाडि बढ्नुप-यो ।”

Crest

अध्यक्ष सिलवालले आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गर्नुपर्ने बीमा सम्बन्धी विषयहरूका बारेमा सुझाव दिन आग्रह गर्दै प्राप्त सुझावहरू अर्थ मन्त्रालयमा बुझाइने जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्ला वर्षहरूमा बीमाको पहुँच उल्लेख्यरूपले बढ्दै गएर ४४ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा बीमाको पहुँच पुगेको उल्लेख गर्दै बीमा कम्पनीहरूले आम नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS