IME Life New

कतै लकडाउन त कतै निषेधाज्ञा, बीमा शुल्क नतिरे जरिवाना !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोनाको महामारीका कारण देशका कैयौं जिल्लाहरुमा कैयौं दिनदेखि निषेधाज्ञा, लकडाउन र सार्वजनिक यातायातका साधनहरु बन्द गरिएका छन् । बार्षिक एक खर्ब हाराहारीमा कारोबार हुने बीमा क्षेत्रमा तोकिएको समयसीमाभित्र बीमा शुल्क भुक्तानी नगरेमा जरिवना तिर्नुपर्ने बाध्यता छ । बीमित र अभिकर्ताहरुले जीवन बीमाको नविकरण शुल्क भुक्तानी र ऋणको ब्याज भुक्तानीमा जरिवनाको व्यवस्था अन्यापूर्ण भएको टिप्पणी गरेका छन् ।

देशको औद्योगिक राजधानी भनेर चिनिएको बीरगन्जमा विगत १० दिनदेखि निषेधाज्ञा जारी गरिएको छ । राजविराज, नेपालगन्ज, विराटनगरमा घोषणा गरिएको लकडाउनले सर्वसाधारण बाहिर निस्कनै पाएका छैनन् । बर्दियामा सेना समेत परिचालित भई दैनिक सार्वजनिक प्रशासन ठप्प भएको अवस्था छ । कोरोनाको कारण जनताको दैनिकी अप्ठेरो, असहज र सीमाभित्र रहेको अवस्थामा जीवन बीमाको नविकरण शुल्क र बीमा पोलिसी धितोमा लिएको ऋणको ब्याज भुक्तानी गर्न नसक्दा जरिवना तिर्नुपरेको गुनासो बीमितहरुको छ ।

Esewa
Crest

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका राष्ट्रिय प्रथम भइसकेका एजेन्सी शंकर लामिछाने अशान्तले बीमितले बीमा नविकरण बापतको शुल्क बुझाउने अवस्था देशका धेरै ठाउँमा नभएको र समयमा बीमा शुल्क भुक्तानी नगरेमा जरिवना तिर्नुपर्ने अप्ठेरो अवस्थाको बीमा समितिले सम्बोधन गर्नुपर्ने बताउँछन् । उनी मात्रै नभएर उनीजस्ता धेरै अभिकर्ताहरुको गुनासो यही छ । बीमा कम्पनीमा बीमाले जीवन बीमाको नविकरण शुल्क र ऋण दुवैमा जरिवना लिइरहेका छन् ।

त्यसो त यसअघि बीमा समितिले चार महिना लामो लकडाउनमा बीमा शुल्क भुक्तानी नगर्दाकै बखत पनि जोखिम कभर हुनेगरी निर्देशन जारी गरेको थियो । असार २२ गतेदेखि लकडाउन पूर्ण रुपमा हटेपछि मात्रै बीमा शुल्क भुक्तानी अनिवार्य गरेको हो । त्यसो त केही कम्पनीहरु आफैले पनि बीमा शुल्क नविकरणमा जरिवना नलिने घोषणा गर्दै आएका छन् ।

बीमा समितिका सूचना अधिकारी उप निर्देशक निर्मल अधिकारीले बीमितलाई राहत दिन बीमा समिति सधैं सकारात्मक रहेको बताउँदै अहिले सरकारले लकडाउन भनि नसकेको अवस्थामा कुनै निर्णय नभएको बताए । उनले भने, ‘सरकारले लकडाउन घोषणा गरेको छैन, बैंकका शाखाहरु खुल्नै नसक्ने अवस्थामा पुगेको खण्डमा पुनः बीमा समितिले सम्बोधन गर्न सक्छ ।’ बीमा कम्पनीहरु बैंकहरु जस्तो मात्रै नभई बचत जोखिम दुवै वहन गर्नुपर्ने भएकोले केही सीमाहरु रहेको बीमा समितिको भनाई छ ।

बीमित र अभिकर्ताहरुले भने एक तिहाई देश अहिले पनि बन्दाबन्दीको अवस्थामा रहेकोले जीवन बीमाको नविकरण शुल्क र बीमा पोलिसी धितोमा ऋणको ब्याज भुक्तानीमा छुट पाउनुपर्ने माग गर्दै आएका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले औषतमा मासिक करिब पाँच अर्ब नविकरण बीमा शुल्क संकलन गर्दै आएका छन् । त्यस्तै, बीमा पोलिसी धितोमा करिब ४० अर्ब ऋण प्रवाह भएको छ । बीमितिले समयमा बीमा शुल्क नबुझाएमा बीमाको जोखिम कभर हुँदैन भने पुनः शुल्क बुझाउँदा थप जरिवना समेत लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS